Thaha

Sunday 05 May - 8:19 am NST

अफगानिस्तानमा आत्मघाती आक्रमण,  १४ नेपालीको मृत्यु


काठमाडौं, ६ असार । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको छ । त्यहाँको आन्तरिक मामिला मन्त्रालयले मृत्यु हुने सबै नेपाली रहेको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार नेपाली सेक्युरीटी गार्ड चढेको मिनिबसमा स्थानीय समयअनुसार विहान साढे ५ बजे आक्रमण भएको हो । पैदल हिँडिरहेका आक्रमणकारीले बस नजिकै आएपछि आफैंलाई बिस्फोट गराएको अन्तर्राष्ट्रिय संचार माध्यामले जनाएका छन् । घटनामा घाइते भएका ९ जना मध्य पाँच जना नेपाली र ४ जन अफगानि नागरिक रहेको मन्त्रालयले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ । आक्रमणको जिम्मा विद्रोही समूह तालेवानले लिएको छ ।

यसैबीच नेपालको परराष्ट्र मन्त्रालयले भने घटनाबारे बुझ्ने काम भइरहेको जनाएको छ । मन्त्रालयका प्रबक्ता भरत पौडेलले पाकिस्तानको इस्लामावादमा रहेको दुतवास मार्फत घट्नाबारे जानकारी लिने काम भइरहेको जानकारी दिनुभयो ।